ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने पक्का

ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने पक्का

काठमाडौं। कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ। स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको हो।

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित हुँदा दुबै खेलाडीको दाहिने खुट्टाको घुँडामा चोट लागेको हो। दुबै खेलाडीको शनिबार बिहान एमआरआइ गरिएको थियो।

ब्राजिल फुटबल एसोसिएसनले दुबै खेलाडी अर्को खेलमा उपलब्ध हुने सम्भावना नरहेको बताएको छ। ब्राजिलले सोमबार कोरियासँग खेल्नेछ।

यसअघि ब्राजिलका प्रभावशाली स्ट्राइकर नेयमारलाई पनि चोट लागेको थियो। उनले समूह चरणका दुई खेल गुमाएका थिए। यसैगरी राइट ब्याक डानिलो र एलेक्स सान्द्रो समेत घाइते छन्।

 



No ads found for this position