कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ File Photo

काठमाडौं। वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सामाजिक संजालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेल सेक्यूरिटि गार्डमा काम गरिरहेको भन्दै उनले २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले आरोप लगाएको छ।

कम्बोडियाको आकर्षक तलव सुविधासहितको सेक्यूरिटि गार्डमा काम मिलाई दिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै २३ लाख ९७ हजार पीडितबाट बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका हुन्।

प्रहरीका अनुसार उनले विभिन्न ब्यक्तिहरुको नाममा संचालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए।

पक्राउ परेका आचार्यलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।



No ads found for this position