रवीलाई सुरुवाती अग्रता

रवीलाई सुरुवाती अग्रता

काठमाडौं। चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले अग्रता लिएका छन्।

कालिका–१ को मतगणना सुरु भएपछि उनले एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै अग्रता लिएका हुन्।

पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन्। कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।