१५ वटा केन्द्रमा रोकियो मतदान कार्य, सुचारु गर्ने प्रयास

१५ वटा केन्द्रमा रोकियो मतदान कार्य, सुचारु गर्ने प्रयास

काठमाडौं। निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ। अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ।

साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ। आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ।



No ads found for this position