जसलाई चुनावले रोकेन

काठमाडौं। आइतबार देशभर प्रदेश तथा प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुँदैछ। चुनावी माहोलले उम्मेदवार र जनतामा उत्साह छाएको छ।
उम्मेदवारहरु चुनाव जितेर देशको नेतृत्व गर्ने रङ्गीन सपनासहित संसद भवन छिर्न तम्तयार छन्। मतदाता सक्षम उम्मेदवारलाई विजयी बनाएर देशको भविष्य निर्धारण गर्ने घडीमा उभिएका छन्।
चुनाव मतदाताको लागि ठूलो अवसर हो, सक्षम उम्मेदवारलाई देशको नेतृत्व सुम्पने र अयोग्य उम्मेदवारलाई बिदा गर्ने। तर, देशका सयौँ युवालाई निर्णायक भूमिकाबाट उठाएर परिस्थितिले देशबाटै बिदा गरेको छ।
उनीहरु देशको चुनावी तामझामबाट अलगिए, हरियो पोसपोर्ट हातमा समाए र परिवारको पेट पाल्न टुप्लुक्क आँसुका ढिका जन्मभूमिमा खसाल्दै बिदाइका हात हल्लाए।
छोएन उनीहरुलाई नेताका भाषणले, चित्त बुझेनन् उम्मेदवारहरु, लागेन उनीहरुलाई देशमा बसेर परिवारको पेट पाल्न सकिन्छ भन्ने अनि उम्मेदवारका घोषणापत्र डस्विनमा मिल्काएर हरियो पासपोर्ट काखी च्यापेर बिदा भए, जन्मभूमिबाट।
तस्वीरमा हेर्नुस् शनिबार विदेश उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका युवाको लाईन
ताजा अपडेट
