अमेरिकामा मध्यावधि निर्वाचन : ४ करोडले गरे प्रारम्भिक मतदान

अमेरिकामा मध्यावधि निर्वाचन : ४ करोडले गरे प्रारम्भिक मतदान

एजेन्सी,न्युयोर्क। मंगलबारको मध्यावधि निर्वाचनअघि ४ करोडभन्दा बढी अमेरिकीहरूले प्रारम्भिक मतदान गरेका छन्, जुन दुई वर्षअघिको संख्यालाई उछिनेको अमेरिकी निर्वाचन परियोजनाले सोमबार जनाएको छ। अमेरिकीहरू मंगलबार प्रतिनिधि सभाका ४ सय ३५ सदस्य, सिनेटको एक तिहाइ र राज्य र स्थानीय पदका लागि चुनावमा जाँदैछन्।

५० अमेरिकी राज्यहरू मध्ये अधिकांशले मतदाताहरूलाई व्यक्तिगत रूपमा वा मेल मार्फत चाँडै मतदान गर्न अनुमति दिन्छन्। यो अभ्यास सन् २०२० को राष्ट्रपति चुनावको समयमा व्यापक भयो, जुन कोभिड–१९ महामारीको समयमा भएको थियो।

अमेरिकी निर्वाचन परियोजनाका अनुसार सोमबारसम्म १.८.५ मिलियनभन्दा बढी प्रारम्भिक भोटहरू व्यक्तिगत रूपमा र २२.३ मिलियन मेलमार्फत गरी कुल ४०.८ मिलियनले मतदान गरेका छन्। सन् २०१८ को मध्यावधिमा ३९.१ मिलियनले अग्रिम मदान गरेका थिए। रिपब्लिकन सांसदहरूले धेरै राज्यहरूमा प्रारम्भिक मतदानमा प्राविधिक आपत्तिहरू दर्ता गरेका छन्।

उदाहरणका लागि पेन्सिल्भेनियामा राज्यको सर्वोच्च अदालतले खाममा लिखित मिति नभएमा मेल गरेर पठाइएका भोटहरू गणना गर्न नसकिने आदेश दिएको छ। यो निर्णयले हजारौं मतपत्रहरूलाई सम्भावित रूपमा असर गर्न सक्छ।