प्रवासी नेपाली मञ्चको कार्यसमिति निर्विरोध, थापालाई नेतृत्वको जिम्मेवारी

प्रवासी नेपाली मञ्चको कार्यसमिति निर्विरोध, थापालाई नेतृत्वको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अमेरिका निवासी संजय थापाको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा अस्ट्रेलियाबाट रमेश पाण्डे चयन भएका छन्।

यसैगरी सचिवको जिम्मेवारी हेम शेर्पाले पाएका छन् भने उप-सचिवमा चानक पोख्रेल र कर्ण शाही चयन भएका छन्।

यस्तै सदस्यहरुमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव वरुवाल,कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तिर्थ गौतम, ज्योती शर्मा, महेश गिरी, कमल मणी, वलराम गिरी, डा. विनोद श्रेष्ठ, शिशिर नेपाल विजय फुयाल, सिता केसी, सुरेश केसी, डा. सरोज कणेल, सन्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ति थापा, जानकी कार्की, पुरुषोतम वोहरा र राजेन्द्र सिवाकोटी रहेका छन्।