एमाले निकट प्रवासी नेपाली मञ्चको अध्यक्षमा अमेरिकाका थापा निर्विरोध

काठमाडौं। नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्चमा अध्यक्षको जिम्मेवारी अमेरिकाबाट संजय थापाले पाएका छन्।
शनिबारदेखि काठमाडौंमा चलिरहेको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज बन्दसत्र चलिरहेको छ।
स्रोतकाअनुसार अध्यक्षको जिम्मेवारी थापालाई दिने सहमति भएको हो। अन्य पदमा भने सहमति जुट्न नसकेपछि चुनाव हुने सम्भावना बढेको छ।
यद्यपि सहमति जुटाउने प्रयास जारी रहेको स्रोतको भनाइ छ।
अध्यक्ष बन्न अस्ट्रेलियाका रमेश पाण्डे पनि इच्चुक थिए। तर, अन्त्तिममा थापा र पाण्डेबीच सहमति जुटेको छ।
सहमतिअनुसार पाण्डे अब उपाध्यक्षको जिम्मेवारीमा रहनेछन्।
शनिबार अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलिले सहमतिमा नयाँ नेतृत्व चयन गर्न आग्रह गरेका थिए। अध्यक्षमा सहमति जुटेपनि अन्य पदमा सकस परेको हो।
अधिवेशनमा विश्वभरबाट २०८ प्रतिनिधि सहभागी छन्।
ताजा अपडेट
