सन्दीपलाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश

काठमाडौं। नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
बलात्कारको आरोप लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको हो।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजसलासले उनलाई पुर्पक्षका लागि हिरासतमा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।
गत मंगलबारदेखि चलेको थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर