एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मन्चको अधिवेशन काठमाडौंमा

काठमाडौँ। विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने भएको छ।
मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी “सबल प्रवासी: समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूलनाराका साथ काठमाडौँमा अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिएको छ।
अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सय प्रतिनिधि सहभागी हुनेछन।
अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ।
प्रवासी नेपाली मञ्चको इन्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटि सदस्य एंव विदेश विभाग प्रमुख डा राजन भट्टराईले सङ्गठनलाई नेतृत्व प्रदान गरिरहेका छन। सोही अवसरमा विदेश विभाग प्रमुख डा भट्टराईले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन प्रयास भइरहेको जानकारी दिए।
ताजा अपडेट
