आज देशभर सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

काठमाडौं। सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ। शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ।