नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाटै

काठमाडौं। नेपाल एयरलाइन्सले सोमबारदेखि अन्तर्राष्ट्रिय उडानका लागि अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ।
आजबाट सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा इन्टरनेट बुकिङ इन्जिन (आइबीई) मार्फत् टिकट बुकिङ सुरु गरेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिईन।
नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट टिकट बुकिङ गर्न सकिनेछ।
एयरलाइन्सले अहिलेलाई दिल्ली, मुम्बई,बैंगलौर,दुवई,दोहा, हङकङ,क्वालालाम्पुर,बैंकक,नारिता र रियादमा सेवा प्रदान गर्दै आएको छ।
अनलाइनमार्फत टिकट खरिदगर्दा यात्रुहरुलाई सहजता हुने विश्वास निगमले लिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर