सभामुख र उपसभामुखको मुद्दामा सर्वोच्चले माग्यो जवाफ

सभामुख र उपसभामुखको मुद्दामा सर्वोच्चले माग्यो जवाफ

काठमाडौं।सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले संसद सचिवालयसहितका विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

नयाँ निर्वाचनको उम्मेदवार दर्ता हुने अघिल्लो दिनसम्म मात्र कार्यकाल रहनेमा सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा दिएको भन्दै पद खाली गराउन सर्वोच्चमा रिट दायर भएको थियो।

अधिवक्ता किशोर पौडेलसमेतले सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमाथि आइतबार सुनुवाइ गर्दै मुद्दालाई अग्राधिकार दिनुका साथै कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ।