फ्लोरिडामा बियरका कारण राजमार्ग अबरुद्ध

फ्लोरिडामा बियरका कारण राजमार्ग अबरुद्ध

एजेन्सी,न्युयोर्क। फ्लोरिडा राजमार्ग बियरका कारण केही समय अवरुद्ध भएको छ। बियर बोकेका सेमी ट्रेलर सडकको छेउमा राखिएको ट्रकमा ठोक्किएपछि सबै लेन बन्द भएका हुन्।

फ्लोरिडा राजमार्ग गस्तीले घटनास्थलमा खिचेका तस्बिमा यति धेरै बियर बक्सहरू र क्यानहरू देखाउँछन् कि सडक मुश्किलले देख्न सकिन्छ। तर, केही घण्टापछि ति क्यान र बक्स हटाएर राजमार्ग पुनः सञ्चालनमा आएको थियो। दुर्घटनामा मानिसहरुलाई भने सामान्य चोटपटक मात्रै लागेको बताइएको छ।

टम्पा बे टाइम्सका अनुसार बुधबार बिहान व्यस्त राजमार्गमा दुईवटा सेमी–ट्रेलर दुर्घटनामा परेका थिए। पिकअप ट्रकसहित थप दुई सेमी–ट्रेलरहरू मद्दतको लागि तानिएको थियो।

त्यही बेला बियर बोकेको पाँचौं सेमी–ट्रेलर पार्क गरिएका गाडीहरूमा ठोक्किएको थियो।