जेटस्टारले बालीमा फसेका यात्रुसँग माग्यो माफी

जेटस्टारले बालीमा फसेका यात्रुसँग माग्यो माफी

एजेन्सी। जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ। उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको छ।

आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनासो गरेका छन्। १८० यात्रुहरु अझै पनि बालीमा फसेको जेटस्टारले जनाएको छ। अष्ट्रेलियाको एयरलाइन क्वान्टासद्वारा सञ्चालित उक्त एयरलाइनले अधिकांश प्रभावित यात्रुहरूलाई खाने र बासको व्यवस्था गरिएको जनाएको छ।

तीन सयभन्दा बढी ग्राहक बोकेर इन्डोनेसियाको डेनपसारदेखि अस्ट्रेलियाको मेलबर्नसम्मका ग्राहकलाई उडान भर्न मंगलबार दुईवटा विशेष उडान सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ । डेनपसारबाट मेलबर्न र सिड्नीका लागि निर्धारित अन्य तीन उडान बाहेक दुई विशेष उडान सञ्चालन गर्न लागिएको हो ।

क्वान्टासले फेव्रुवरीमा अस्ट्रेलियाले आफ्नो सिमाना पुनः खोलेपछि उडान रद्द र लगेज हराउने समस्याबाट गुज्रिएको छ ।



No ads found for this position