काबुलमा रूसी दूतावास बाहिर आत्मघाती बम विस्फोट

काबुलमा रूसी दूतावास बाहिर आत्मघाती बम विस्फोट

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा सोमबार रूसी दूतावास बाहिर आत्मघाती बम विस्फोट भएको छ।

विस्फोटमा परेर दूतावासका दुई कूटनीतिज्ञसहित २० जनाको ज्यान गएको बताइएको छ। विस्फोटमा परेर कैयौं मानिस घाइते भएका छन्।

रूसको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार आक्रमणमा दुई जना रूसी नागरिकको मृत्यु भएको छ।

तालिबान प्रहरीका मौलवी साबरले एक आत्मघाती आक्रमणकारीले रूसी दूतावासको गेट बाहिर विस्फोट गराएको बताएको छ।

आक्रमणकारी गेट नजिक पुग्नुअघि सुरक्षा गार्डले उसमाथि गोली प्रहार गरेको साबरले जनाएका छन्।

समाचार एजेन्सी पिटिआइका अनुसार रूसको भिसा लिन ठूलो संख्यामा मानिसहरू लाइनमा उभिएका बेला विस्फोट भएको थियो।

तालिबान सुरक्षाबलले घटनास्थललाई नियन्त्रणमा लिएर छानबिन अगाडि बढाएको छ।

अफगानिस्तानमा तालिबान सत्तामा आएयता रूसले पहिलेजस्तै आफ्नो दूतावासलाई सक्रिय राखेको छ। तर, उसले तालिबान सरकारलाई मान्यता दिएको छैन।



No ads found for this position