दक्षिण कोरियामा विश्वकै सबैभन्दा कम प्रजनन दर

दक्षिण कोरियामा विश्वकै सबैभन्दा कम प्रजनन दर

एजेन्सी,सिउल। दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटकप्रति महिला एक बच्चा भन्दा कम थियो।

तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलब ८४ बाट शून्य दशमलब ८१ मा झरेको देखाएको छ र यो लगातर छैटौँ पटक जन्मदरमा गिरावट हो।

आर्थिक सहयोग र विकास संगठन ओईसीडीले विगत छ दशकहरूमा प्रजनन दर स्पष्ट रूपमा घटेको जनाएको छ।

तर यो प्रवृति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ, जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटेको छ। सन् १९७० को सुरुमा महिलका औसत चार बच्चाहरु थिए।

घट्दो जनसंख्याले देशलाई ठूलो तनावमा पार्न सक्छ। स्वास्थ्य सेवा प्रणाली र निवृत्तिभरणको माग बढ्दै जाँदा सार्वजनिक खर्चमा बढ्दो दबाबको अलावा, घट्दो युवा जनसंख्याले पनि अर्थतन्त्रलाई असर गर्ने श्रमिक अभाव निम्त्याउँछ।

 



No ads found for this position