आमा फाउण्डेसन अमेरिकाद्वारा सिराहका विद्यार्थीलाई स्कुल झोला वितरण

काठमाडौं। आमा फाउण्डेसन अमेरिकाले सिरहाका विद्यार्थीलाई स्कुल झोला वितरण गरेको छ।
विष्णुपुर गाउँपालिका–४ सिराहका सामुदायिक विद्यालयहरूमा अध्ययनरत ४५० विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको हो।
बालविकास केन्द्रदेखि कक्षा तीनसम्मका विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको फाउन्डेसनले जनाएको छ।
फाउण्डेसनले उपलब्ध गराएको स्कुल झोला कार्यक्रमबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका अध्यक्ष डम्बर यादवले विद्यार्थीलाई वितरण गरेका थिए।
नेपालमा परोपकारी काम गर्ने उद्देश्यले अमेरिकामा स्थापना गरिएको आमा फाउण्डेसनका प्रमुख गौरीराज जोशी हुन्।
उनी एनआरएनएका केन्द्रीय महासचिव समेत हुन्। जोशी परिवारले सञ्चालन गरेको यो फाउण्डेसनले नेपालमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर