टाउकोमा लुकाएर सुन तस्करी गर्ने व्यक्ति दिल्लीको विमानस्थलमा पक्राउ

नयाँ दिल्ली । सुन तस्करी गरेको आरोपमा दिल्लीको भन्सारमा एक व्यक्ति पक्राउ परेका छन्।
आफूले लगाएको विग (नक्कली कपाल) भित्र लुकाएर ३० लाख रुपैयाँ बराबरको सुन तस्करी गरेको आरोपमा दिल्लीको भन्सार अधिकारीले एक भारतीयलाई पक्राउ गरेका हुन्।
सोमबार आबुधाबीबाट दिल्ली विमानस्थलमा आइपुगेपछि ती व्यक्तिलाई अधिकारीहरूले रोकेका थिए।
दिल्ली भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यात्रुको विस्तृत व्यक्तिगत र सामानको खोजी गर्दा टेपले टाँसेर बेरिएको अवस्थामा ६ सय ८६ ग्राम तौल भएको सुनको तीनवटा पाउच बरामद भएको बताइएको छ।
ती व्यक्तिले एउटा प्याकेट आफूले लगाएको विग (नक्कली कपाल)मा लुकाएको थियो। त्यस्तै, अन्य दुई प्याकेट अन्य ठाउँमा लुकाएको थियो।
सुन बरामद गरी ती यात्रुलाई पक्राउ गरिएको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर