एनआरएनए विवाद : छुट्टै महाधिवेशन आयोजना गरेको घले समूह पनि सहमतिमा आयो

एनआरएनए विवाद : छुट्टै महाधिवेशन आयोजना गरेको घले समूह पनि सहमतिमा आयो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनाआरनएनए) मा असन्तुष्टि जनाउँदै छुट्टै महाधिवेशन आयोजना गरेको शेष घले समूह पनि सहमतिमा आएको छ।

घले समूहले संस्थापन पक्षलाई चुनौती दिँदै मंगलबारदेखि काठमाडौंको याकनयती होटलमा छुट्टै महाधिवेशनको आयोजना गरेको थियो।

लामो समयको प्रयासपछि सबै पक्ष मिलेर अघि बढ्ने सहमति भएको हो। केहिबेरमै याकनयती होटलमा सहमति पत्रमा हस्ताक्षर हुँदैछ।

सहमति भएपछि फुटको संघारमा पुगेको विवाद तत्काललाई सल्टिएको छ।

 

 



No ads found for this position