भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर प्रसाद शनियुक्त भएका छन्।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।



No ads found for this position