२१ मार्चमा तय भएको एनआरएनएको चुनाव तीन दिनपछि सर्‍यो

२१ मार्चमा तय भएको एनआरएनएको चुनाव तीन दिनपछि सर्‍यो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन मिति तीन दिन पर सारिएको छ।

अनलाइनमार्फत चुनाव गराउने जिम्मा लिएको अष्ट्रेलियन कम्पनीले प्राविधिक पक्षलाई मध्यनजर गर्दै समय मागेपछि तीन दिन थप गरिएको हो।

निर्वाचन समितिको नयाँ तालिका अनुसार अब चुनाव २४ र २५ मार्चमा हुनेछ।

यस्तै शनिबार निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरिसकेको छ। उम्मेदवारको अन्तिम नामावली १४ मार्च बेलुका ५ बजे गरिने बताइएको छ।

आगामी कार्यकालको लागि अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दिएका छन्।

उम्मेदवारको पहिलो नामावली हेर्नुस्

 

 



No ads found for this position