एनआरएनए अध्यक्षमा रवीना थापाले गराइन उम्मेदवारी दर्ता

एनआरएनए अध्यक्षमा रवीना थापाले गराइन उम्मेदवारी दर्ता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा रवीना थापाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

संघको वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेकी थापाले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

थापाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सचिवालयमा निर्वाचन समिति प्रमुख भिमशेन बन्जरा समक्ष मनोनयन दर्ता गराएकी हुन्।

एनआरएनएको नयाँ नेतृत्वका लागि २१ र २२ मार्चमा निर्वाचन हुँदैछ।



No ads found for this position