नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडान भर्ने

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडान भर्ने

काठमाडौँ । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई उडान अनुमति दिएको छ।

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले निगमलाई आइतबार उडानको अनुमति दिएको हो।

जेएसिएबाट प्राप्त अनुमतिअनुसार निगमले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।

यसैबीच निगमले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ।

यसअघि निगमले साउदीमा चार्टर उडानबाट आंशिक सेवा दिँदै आइरहेको थियो।

उडान अनुमति लिन निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित अन्य कर्मचारी साउदी गएका थिए।

निगमले अप्रिलबाट काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने त जनाएको छ।

 



No ads found for this position