नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो।

मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ पुगेको छ।

यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ। निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।



No ads found for this position