युक्रेनका नेपालीको तत्काल उद्धार गर्नुपर्छ : डा. केसी

युक्रेनका नेपालीको तत्काल उद्धार गर्नुपर्छ : डा. केसी

मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष  डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गरेका छन्।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डा. केसीले विहिवार एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालीको उद्धारको पहलको लागि आग्रह गरेका हुन्।

उनले भनेका छन् , ´युद्द भनेको युद्द नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्दार गर्नु पर्ने आवश्यकता छ। हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरि उद्धार गर्न तयार छौं।´

रसिया र युक्रेनबीचको द्वन्दमा त्यहाँ  रहेका नेपालीहरु त्रशित छन्।

एनआरएनए युक्रेनका पदाधिकारीले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसँग सम्पर्क गर्दै आएको डा. केसीले जनाए। केसीका अनुसार  हालसम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल सुरक्षित छन्।

डा. केसीले आफू नेपाली दूतावास  जर्मनी, रसिया तथा एनआरएनए युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेर उद्धारको लागि प्रयास गरिरहेको बताए।



No ads found for this position