अमेरिकाले अवैध आप्रवासी बोकेको दोस्रो बिमान आज भारतमा उतार्ने

अमेरिकाले अवैध आप्रवासी बोकेको दोस्रो बिमान आज भारतमा उतार्ने File Photo

नयाँ दिल्ली। संयुक्त राज्य अमेरिकाबाट निर्वासित गैरकानुनी भारतीय आप्रवासीहरू बोकेको दोस्रो उडान शनिबार अबतरण गर्ने भएको छ।

जसअनुसार १५ फेब्रुअरीको राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुने भारत सरकारको आधिकारिक स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन। दोस्रो लटको यो विमानमा १ सय १९ अवैध आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गरी भारत ल्याउन लागिएको हो।

स्रोतका अनुसार अमेरिकाबाट निर्वासित भारतीयहरूलाई लिएर तेस्रो उडान भने आइतबार फेब्रुअरी १६ राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुनेछ।

आज हुने विमानमा भने ११९ अबैध भारतीय आप्रावासी यात्रु सवार हुनेछन्। शनिबार राति संयुक्त राज्य अमेरिकाबाट अमृतसर आइपुग्ने विमानमा कुल ११९ एनआरआई यात्रु सवार हुनेछन्। जसमध्ये ६७ जना पञ्जाब, ३३ हरियाणा, १९ जना गुजरात, उत्तर प्रदेश र महाराष्ट्रका हुनेछन्। यो विमान शनिबार राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुनेछ।

अमेरिकाबाट आउने विशेष विमानको सुरक्षा व्यवस्था स्थानीय प्रशासन र विमानस्थल प्राधिकरणले गर्न थालेको छ। यस सम्बन्धमा बिदेश मन्त्रालयले नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारीसमेत दिइसकेको छ।

त्यसो त पहिलो उडान अमेरिकाबाट फेब्रुअरी ५ मा अमृतसरमा नै अबतरण भएको थियो। उल्लेखनीय छ कि गत हप्ता बुधबार अर्थात फेब्रुअरी ५ मा अमेरिकी वायुसेनाको सी–१७ ग्लोब मास्टर सैन्य विमान १०४ अवैध भारतीय आप्रवासी लिएर भारत आइ पुगेको थियो। अवैध आप्रवासीहरूको पहिलो समूह अमेरिकी वायुसेनाको सी–१७ ग्लोबमास्टर सैन्य विमानमा पञ्जाबको अमृतसर एयरपोर्टमा आइपुगेको हो।

उक्त विमानमा जम्मा १०४ जना यात्रु थिए, जसमा ७९ पुरुष र २५ महिला रहेका थिए। यी १०४ यात्रुमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३–३३, महाराष्ट्र र उत्तर प्रदेशका ३–३ जना र चण्डीगढका २ जना यात्रु रहेका थिए।

डोनाल्ड ट्रम्प अमेरिकामा पुनः सत्तामा आएको केही सातामै ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई देश निकाला गर्न सुरू गरेको हो। जसका लागि यो कार्यलाई प्रभावशाली बनाउन ट्रम्प प्रशासनले अमेरिकी वायुसेनाको विमान प्रयोग गरिरहेको छ।



No ads found for this position