हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्याे, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’

हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्याे, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ File Photo

तेल अभिव। आजवाट सुरू हुने भनिएको हमास–इजरायल बिचको युद्बबिराममा ढिलाइ भएको छ।

हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्बजनिक नगरेको भन्दै इजरायलले युद्बबिरामको समय सिमा बढाएको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले गाजामा स्थानिय समय अनुसार बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको हमासले बन्दीहरूलाई रिहा गर्नका लागि नाम जारी नगरेसम्म गाजामा युद्धविराम सुरु नगर्न आफ्नो सेनालाई आदेश दिएका छन।

‘प्रधानमन्त्रीले आइडीएफलाई निर्देशन दिनुभएको छ कि बिहान ८ः३० बजेबाट लागू हुने भनिएको युद्धविराम इजरायलले हमासले उपलब्ध गराउने वाचा गरेको अपहरणकारीहरूको सूची जारी नगरेसम्म सुरु हुँदैन,’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत भनेको छ।

हमासले प्राविधिक क्षेत्र कारणहरू देखाउँदै नाम हस्तान्तरण गर्न ढिलाइ गरेको उसको आरोप रहेको छ। यद्दपी, गत हप्ता घोषणा गरेको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको भने उसले जनाएको छ।



No ads found for this position