दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सउल। दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन्।
गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन।
भ्रष्टचार सबन्धी बिषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ।
‘युनलाई बुधवार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाइ अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने।
दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध पहिलो पटक यस्तो कारबाही गरिएको जनाइएको छ।
युनलाई उनको छोटो अवधिको मार्शल ल घोषणासँग सम्बन्धित धेरै आपराधिक अनुसन्धानहरूमा सोधपुछको लागि लगिएको हो। ती आरोप प्रमाणित भएमा आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने छ। बुधवार दिउँसोसम्म यूनले अन्वेषकहरूको प्रश्न वा टिप्पणीको जवाफ दिन अस्वीकार गरिरहेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर