रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतकाे आदेश

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतकाे आदेश File Photo

काठमाडौं। रबि लामिछाने थुनामुक्त हुने भएका छन्।

सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन्।

 

 

सो आदेश अघि कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।  रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।



No ads found for this position