५ देशका नवनियुक्त राजदूतले लिए शपथ

काठमाडौं। विभिन्न ५ देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
साेमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।
रुसी महासंघका लागि जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे, स्पेनका लागि शनिल नेपाल, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे र भारतका डा. शंकरप्रसाद शर्माले शपथ लिएका हुन्।
शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर