रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाका नेताहरूकाे बिन्ती

रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाका नेताहरूकाे बिन्ती File Photo

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले सभामुख देवराज घिमिरेलाई भेटेर अहिले नै आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न बिन्ती गरेका छन्।

साेमबार सिंहदरबारमा घिमिरेलाई भेट्दै रास्वपाका प्रमुख सचेतक सन्ताेष परियारसँगै साेविता गाैतम, गणेश पराजुलीलगायतले लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न बिन्ती गरेका हुन्।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत कास्की प्रहरीमा मुद्धा दायर भएपछि उनकाे सांसद पद स्वत: निलम्बनमा परेकाे छ।

‘प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ।

तर रास्वपाका नेताहरूले भने यस ऐनअन्तर्गत सांसद नपर्ने व्याख्या गर्दै लामिछानेलाई अहिले निलम्बन नगर्ने भनेका हुन्।

यद्यपि सभामुख घिमिरेले कानुन अनुसार नै आफू अगाडि बढ्ने रास्वपाका नेताहरूलाई जवाफ दिएका थिए।



No ads found for this position