रवि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता File Photo

काठमाडौं। पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएकाे छ।

सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरेकाे हाे।

उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकाे छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियाे। लामिछानेसहित बाँकी ५ जनाविरुद्ध आज मुद्दा दर्ता भएकाे हाे।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।

लामिछानेमाथि पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।



No ads found for this position