जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता File Photo

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जीबीसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा पहिलो चरणमा मुद्दा दर्ता गरेको हो।

मुद्दा दर्ता भएएका १९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, ३ जना अन्य जिल्लाका कारागारमा रहेका छन् भने १० जना फरार छन्।

उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको बताइएकाे छ।

यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी गरिएकाेमा अहिले थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको छ।

यसैगरी हाल कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल ५ जनाविरुद्ध भने आइतबार मात्रै मुद्दा दर्ता हुने बताइएकाे छ।



No ads found for this position