पर्यटन क्षेत्रको विकासका लागि सरकारी पहलले मात्र पुग्दैन, निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल चीन संस्कृति र पर्यटन शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार मात्र अगाडि सरेर शिक्षा, स्वास्थ्य क्षेत्र विकास गर्न सकिने भन्दै पर्यटन क्षेत्रको लागि निजी क्षेत्र नै अगाडि सर्नुपर्ने बताएका हुन्।
‘पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म कुनै विकल्प नै छैन। सरकार अगाडि सरेर स्वास्थ्य क्षेत्रमा विकासका कामहरु अगाडि बढाउन सकिन्छ, आधारभूत शिक्षामा पनि काम गर्न सकिन्छ’ उनले भने, ‘तर पर्यटन क्षेत्रमा काम गर्नको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ।’
No ads found for this position
ताजा अपडेट

प्रवास खबर