उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्छाैँ : मन्त्री यादव

उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्छाैँ : मन्त्री यादव Pradip Yadav

काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन्।

मंगलबार निरिक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताए।

उनले भने, ‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौँ। अहिले नयाँ टेक्नोलोजिको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौँ। आउने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दीर्घकालीन रुपमा योजना बनाएर अगाडि बढेका छौँ।’

उनले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ उपाएको योजना सुन्दरीजलमा थपिरहेको भन्दै निर्माण पश्चात काठमाडौंमा २४ घण्टा नै पानी आउने सपना पूरा हुने बताए।

उनले भने, ‘हामीले २४औँ घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिट्मेन्ट योजना हामीले सुन्दरीजलमा थपिरहेको छौँ। त्यो निर्माण भएसकेपछि काठमाडौँमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ।’



No ads found for this position