प्रहरीले बुझायाे रविविरुद्धको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायाे रविविरुद्धको अनुसन्धान प्रतिवेदन File Photo

काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन साेमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाे हाे।

६ सय पेज लामो अनुसन्धान प्रतिवेदनमा प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कारबाही गर्न राय दिएकाे छ।

यसैगरी प्रहरीले लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सरकारी वकिललाई दिएको छ।



No ads found for this position