नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा सञ्चालन

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा सञ्चालन

काठमाडौं। काठमाडौँमा एक समारोहबिच नेपाली पत्रकारहरुका लागि चिनिया भाषा कक्षाको उद्घाटन गरिएको छ।

सोमबार चिनियाँ दूतावास र काठमाडौँ विश्वविद्यालयको समन्वयमा नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षाको उद्घाटन गरिएको हो।

कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीनबीच नजिकको सम्बन्ध भएपनि भाषाका कारण समस्या हुने भएकाले भाषाबारे ज्ञान लिन आग्रह गरे। उनले भाषा र शब्द चयनमा ख्याल नगर्दा सम्बन्धमा पनि धेरै समस्या पर्ने गरेको बताए।

कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधि, शिक्षाविद् र पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

समारोहको उदघाटन गर्दै, चीनका प्रतिनिधि श्री लि श्वाङ चेंगले भाषाको सिकाइको महत्त्व र त्यसका लागि आवश्यक मेहनतको बारेमा चर्चा गरेका छन्।

उनले भने, ‘भाषा सिक्न चाँडै सफलता पाउने कुरा होइन। यसले निरन्तर प्रयास र धैर्यको आवश्यकता पर्छ। सिकाइको क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्नेछ, तर तपाईंको शिक्षक र संस्थान सधैं तपाईंको साथमा रहनेछन्, तपाईंलाई मार्गदर्शन र सहयोग प्रदान गर्नेछन्।’

कार्यक्रमले नेपाली पत्रकारहरूलाई चिनियाँ भाषा र सांस्कृतिक ज्ञानको बारेमा थप जानकारी र प्रशिक्षण प्रदान गर्ने उद्देश्य राखिएको छ।

‘मलाई विश्वास छ कि चिनियाँ कक्षाबाट सबै नेपाली मिडिया प्रशिक्षकहरूले चिनियाँ भाषामा उल्लेखनीय सुधार गर्नेछन्। तपाईंहरू चिनियाँ भाषा सिकेर दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ’, उनले भने।



No ads found for this position