एनपिएल : लुम्बिनीले पाेखरालाई दियाे १७१ रनकाे लक्ष्य

एनपिएल : लुम्बिनीले पाेखरालाई दियाे १७१ रनकाे लक्ष्य

काठमाडाैँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान राेहितकुमार पाैडेलकाे आक्रमक ब्याटिङकाे मद्दतमा लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सलाई १७१ रनकाे लक्ष्य दिएकाे छ।

चिवनविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएकाे हाे।

कप्तान पाैडेलले ९५ रन प्रहार गरे। ५९ बलकाे सामना गरेका उनले १० चाैका र ४ छक्का प्रहार गरे।

त्यस्तै टम मुरेसले ४५ र सन्दीप जाेराले १८ रन प्रहार गरे।

पाेखराका विपिन खत्रीले २ र मैट क्रिचलीले १ विकेट लिए।