आइतबारदेखि धरहरा चढ्न शुल्क लाग्ने

आइतबारदेखि धरहरा चढ्न शुल्क लाग्ने Photo : Social Media

काठमाडौं। आइतबारदेखि धरहरा सःशुल्क सञ्‍चालन हुने भएको छ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘धरहरा सञ्‍चालन नहुँदासम्‍म अन्तरिम रूपमा हाललाइ यसै साथ संलग्न अनुसूचीमा प्रस्ताव गरिए बमाेजिमकाे शुल्क लिइ मंसिर ९ गतेदेखि सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएकाे छ’, उनले भने।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय भएको छ।

यसैगरी चालु आर्थिक वर्षको मङ्सिर महिनामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट निष्कासन हुने रू.२ अर्बको नागरिक बचतपत्रको अवधि ५ वर्ष र व्याजदर ७.५ प्रतिशत तोक्ने, साथै, सोही कार्यालयबाट निष्कासन हुने रू.५० करोडको वैदेशिक रोजगार बचतपत्रको अवधि ५ वर्ष र व्याजदर ८.५ प्रतिशत तोक्ने पनि सरकारले निर्णय गरेको छ।

स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन (सामी) चौथो चरण कार्यक्रमको लागि प्राप्त हुने स्वीस फ्याँक ११.३४ मिलियन (करिब ने.रू. १ अर्ब ७६ करोड ९७ लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि सरकारको छ।



No ads found for this position