मंसिर ८ देखि फेरि सडकमा जाँदै रास्वपा

मंसिर ८ देखि फेरि सडकमा जाँदै रास्वपा File Photo

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने पक्राउकाे विराेधमा यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।

आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपाले दाेस्राे चरणकाे आन्दोलन गर्ने घोषणा गरेको हाे। सहकारीको रकम अपचलनमा हिरासतमा रहेका लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेकाे भन्दै आन्दोलनको तयारी भएकाे रास्वपाका प्रवक्ता मनिष झाले बताए।

उनले आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने तयारी भए पनि ओलीले समय नदिएकाे बताए।

रास्वपाले यसअघि पनि निरन्तर विराेध प्रदर्शन गर्दै आइरहेको छ।

 



No ads found for this position