दीपक मनाङे पक्राउ

दीपक मनाङे पक्राउ File Photo

काठमाडौं। गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्।

उनलाई काठमाडाैँको सानाे भर्‍याङबाट प्रहरीकाे विशेष ब्यूराेले पक्राउ गरेकाे प्रहरी उच्च स्राेतले जनाएकाे छ।

मनाङेलाई कार्तिक २० गते सर्वाेच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएकाे थियाे। त्यसपछि उनी फरार भएका थिए।

फरार रहेका पूर्वमन्त्रीसमेत रहेका मनाङेले सर्वोच्चको पूर्ण फैसला आएपछि आफै अदालतमा उपस्थित हुने बताएका थिए।

तर अदालतको पूर्ण फैसला नआउँदै प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ। मनाङेमाथि २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेकाे आराेपमा अदालतले ५ वर्ष कैद सजनाएको सुनाएकाे हाे।

२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेश सभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए र पटक–पटक मन्त्री भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।