रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति File Photo

पाेखरा। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएकाे थियाे। पुनः दोस्रोपटक ७ दिन म्याद थप गरिएको थियो। पुनः तेस्रोपटक १० दिनको म्याद थप गरेको थियो।



No ads found for this position