रविकाे पक्षमा उभिन रास्वपाले गुहार्याे देश विदेशका कार्यकर्ता र समर्थक
काठमाडाैँ। सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धानका लागि थुनामा रहेकाे पार्टी सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेकाे पक्षमा उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश विदेशका कार्यकर्ता र समर्थकलाई गुहारेकाे छ।
रविलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट थप १० दिन म्याद थप भएकाे दिन (मंगलबार) पाेखरामा सडक आन्दाेलन गरेकाे रास्वपाले देश विदेशमा रहेका सबै कार्यकर्ता र समर्थकलाई सरकारकाे प्रतिशाेधविरुद्ध एकजुट हुन अनुराेध गरेकाे हाे। पार्टीकी नेत्री एवम् सांसद साेविता गाैतमले याे आव्हान गरिन्।
‘जे शक्ति छ तपाईंहरुसँग त्याे लिएर आउनुहाेस् र जे सक्नुहुन्छ त्याे गर्नुहाेस् म सरकारलाई भन्न चाहन्छु,’ सरकारलाई चेतावनी दिँदै गाैतमले भनिन्, ‘जिल्ला जिल्लाबाट उठ्नुहाेस् याे सरकारकाे षडयन्त्रकाेविरुद्ध, याे सरकारकाे तानाशही प्रवृत्तिविरुद्ध अब हामीले आन्दाेलन छेड्नै पर्छ साथीहरु।’
उनले अगाडि भनिन्, ‘तपाईंले जुन जिल्लाबाट हेर्नुभएकाे छ, देशमा हुने विदेशमा हुने जहाँ हुनुहुन्छ जसरी सक्नुहुन्छ, याे नेपाल सरकारकाे विराेध गर्न तपाईंहरु आउनुहाेस्। याे सरकारकाे विराेध गर्नैपर्छ, याे तानाशाही सरकार मुर्दावाद।’
उनले बुधबारबाट आन्दाेलन गर्ने बताउँदै जिल्ला जिल्लाबाट उठेर पाेखरामा आउन कार्यकर्ता र समर्थकलाई अनुराेध गरिन्। उनले कार्यकर्तालाई आफूसँग जे शक्ति छ त्यही लिएर आउन र जे सकिन्छ गर्न निर्देशन दिइन्।
उनले त्यसपछि आन्दाेलनबाट हुने क्षतिकाे जिम्मा रास्वपाले नलिने पनि घाेषणा गरिन्।
उनले पाेखरामा चलिहरहेकाे आन्दाेलन एउटा पार्टी विशेषकाे आन्दाेलन नरहेकाे दाबी गरिन्।
उनले भाेलिकाे आन्दाेलनबारे रणनीतिमा लागेकाे उल्लेख गरिन।