रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएकाे छ।
बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
पोखराकाे सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो।
जिल्ला अदालत कास्कीमा आइतबार उपस्थित गराइएका रविमाथि पक्राउ परेकै दिन शुक्रबारबाटै लागू हुने गरी ६ दिनको लागि म्याद थप भएको थियाे। पहिलाे म्याद सकिएपछि आज पुन: म्याद थपिएकाे हाे।