न्यारोबडी जहाजले काठमाडौँबाट भैरहवा उडान गर्ने

न्यारोबडी जहाजले काठमाडौँबाट भैरहवा उडान गर्ने File Photo

नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौँबाट भैरहवा उडान गर्ने भएको छ।

असोज २४ गते न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हाे।

आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले उडान गर्न लागिएकाे नेपाल एयरलाइन्सले जनाएकाे छ।

एयरलाइन्सका अनुसार एकतर्फी भाडा प्रतिव्यक्ति ७ हजार रुपैयाँ ताेकिएकाे छ।

न्यारोबडीले आन्तरिक उडानमा यात्रुका लागि पहिलोपटक उडान अनुमति पाएको हो।



No ads found for this position