गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहिन

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबारदेखि सम्पर्कविहिन Photo : Social Media

गोरखा। गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस सम्पर्कविहिन भएको छ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन्। उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन्।



No ads found for this position