झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट निकालियाे १४ शव

झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट निकालियाे १४ शव File Photo

धादिङ। पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनका १४ शव निकालिएको छ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ।

बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलि नसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ। हाल खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ।

लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए।



No ads found for this position