झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका

झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका File Photo

काठमाडौँ। नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ।

लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जादै गरेको भएको बताइएको छ। अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन।



No ads found for this position