दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति File Photo

काठमाडौं। पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको थियो।

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो।



No ads found for this position